धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरीको नियन्त्रणमा

रासस

सोमबार, १४ साउन २०८१, ११ : ५६
धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले प्रशासनलाई जानकारी दिए ।

रजौरेका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस