काठमाडौँ । भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।
२८ वर्षीय खतिवडाले फेसबुकमा ‘भिआइपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडा पक्राउ
पुष्कर खतिवडालाई थुनामा राख्न अदालतको अनुमति
धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरीको नियन्त्रणमा