पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
अलमलमा पर्यो पोखरा र भैरहवा विमानस्थल अध्ययन उपसमिति
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई