तनहुँ । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ ।
भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी र्दिए ।
आर्थिक वर्ष २०८०–८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ ।
नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ ।
नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दै लैजाने प्रमुख त्रिपाठीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरूद्ध
सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो