काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, उनकै शब्दमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अस्थिर प्रवृत्ति र चकचकका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन्।
जय नेपाल फाउन्डेसन सोलुखुम्बु शाखाले ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको ‘वीपी कोइराला र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले धोकाधढीको राजनीति यस पटकबाट अन्त्य भएको प्रमाणित गर्नुपर्ने चुनौती नेताहरुमा रहेको बताए ।
फाउन्डेसनका अध्यक्ष नवीन थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा महामन्त्री थापाले भने, 'अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको ७ बुंदे सहमति कार्यान्वयन हुनेमा संशय रहेको छ। उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नुपर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’
आफ्नो संदेशमा जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले संसारभरि रहेका नेपालीहरुलाई एकताबद्धगरी मातृभूमिको सेवामा समर्पित रहने उद्देश्यले जय नेपाल फाउण्डेसनको स्थापना गरिएको बताए । उनले फाउन्डेसनले समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा वेबिनारहरु आयोजना गर्नुका साथै तृणमूल तहसम्म लोकतन्त्र सुदृढ गर्न काम गर्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा,केन्द्रीय सदस्यहरु नैनसिंह महर,कुन्दनराज काफ्ले, फाउन्डेसनका नेपाल अध्यक्ष बद्री अर्याल,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्वु शेर्पा, प्रदेश अध्यक्ष बासु काेइराला,नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा,नेविसंघका नेता मनोजमणि आचार्य,नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व सभापति छत्रध्वज बस्नेत लगायतले आआफ्नो धारणा व्यक्त गरे।
सो कार्यक्रममा सोलुखुम्बुबाट २०८० सालको परीक्षामा जिल्ला प्रथम,दोश्रो र तेश्रो हुन सफल विद्यार्थी र विद्यालयलाई सम्मान–पत्रसहित दोसल्लाले सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ