आमसंञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्न महानगर सकरात्मक

शुक्रबार, १४ पुस २०७४, १२ : ४३
आमसंञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्न महानगर सकरात्मक

चितवन । भरतपुर महानगरपालिका आमसंञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र महानगरमा स्थापना गर्न सकारात्मक देखिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारीहरु संग आज बिहान महानगरमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघको अगुवाईमा निर्माण हुन लागेको केन्द्रका लागि महानगरभित्र आबश्यक जग्गा उपलब्ध गराउन महानगर सकारात्मक भएको हो ।

छलफलमा महानगर प्रमुख रेनु दाहालले भरतपुरमानै केन्द्र स्थापना गर्नु पर्ने भन्दै त्यसका लागि आबश्यक जग्गा महानगरले उपलब्ध गराउने बताउनु भयो । नेपाल पत्रकार महासंघको केन्द्रिय समितिको धुलिखेलमा सम्पन्न दोस्रो पूर्ण बैठकले केन्द्र चितवनमा स्थापना गर्ने निर्णय गरेको थियो । छलफलमा प्रमुख दाहालले आबश्यक जग्गा कहाँ हुन सक्छ भन्ने खोजि गर्न महासंघका पदाधिकारीहरुलाई आग्रह पनि गर्नु  भयो । आउँदो साता भरतपुर महानगरको पहिलो परिषद हुदै छ ।

केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने बिषय परिषदमानै निर्णय गराई दिन महासंघले आग्रह गरेको छ । सरकारले ७ वटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ । जसमध्ये एउटा केन्द्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान केन्द्र बन्ने छ । महासंघले एउटा मात्र केन्द्र स्थापनाका लागि निर्णय गरेकाले चितवनमा बन्ने प्रतिष्ठान केन्द्रिय स्तरको हुने बताईएको छ । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले आफ्नो घोषणा पत्रमानै केन्द्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान चितवनमा बनाउने उल्लेख गर्नु भएको छ ।

भरतपुर महानगरकी प्रमुख दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुनुहुन्छ । नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टका अनुसार प्रशिक्षण केन्द्र गठनआदेश अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा हुने केन्द्रमा पत्रकारका लागि छोटो र लामो समयका तालिम, प्रशिक्षण दिईने छ । नियमित तबरबाट तालिम दिईने यस्ता केन्द्रले पत्रकारीता क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पुर्याउने उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघको जिल्ला शाखाले भरतपुर महानगर संग समानुपातिक बिज्ञापन,लोककल्याणकारी बिज्ञापन निति अनुरुप महानगर भित्र रहेको संञ्चार माध्यम मार्फतनै प्रकासन प्रसारण गर्न, संञ्चार माध्यमहरुको अभिलेख व्यवस्थापन, संस्थागत बिकास र क्षमता अभिबृद्धि  गर्न पनि माग गरेको छ । महासंघ र वडा कार्यालयहरुको सार्बजनिक सुनुवाई व्यवस्थित गर्न महासंघ संग समन्वय गर्न पनि माग गरेको छ । महासंघले पत्रकारको क्षमता अभिबृद्धि गर्न, संस्थागत बिकास गर्न, महासंघको भबनलाई मिडिया सेन्टरको रुपमा बिकास गर्न आबश्यक सहयोगको पनि अपेक्षा गरेको छ ।

छलफलमा महासंघका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा पत्रकारीता क्षेत्रको हालको अबस्थाको बारेमा जानकारी गराउँदै महानगरलाई आबश्यक सुझाब पनि दिनु भएको थियो । सो अबसरमा महानगर प्रमुख दाहाल र प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले पत्रकारीता क्षेत्रको बिकासका लागि आबश्यक सहयोग गर्न महानगर सकारात्मक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस