तेल अभिभमा ड्रोन आक्रमणमा परेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, ११ : २४
तेल अभिभमा ड्रोन आक्रमणमा परेर एक जनाको मृत्यु

इजरायल । शुक्रबार बिहान मध्य तेल अभिभमा भएको ड्रोन आक्रमणको अनुसन्धान गरिरहेको इजरायली सेनाले जनाएको छ ।प्रारम्भिक अनुसन्धानबाट यो हवाई आक्रमण जस्तो देखिएको र उक्त क्षेत्रमा हवाई गस्ती बढाउन निर्देशन दिइएको सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ ।

इजरायली आपत्कालीन सेवाका अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य कयौँ घाइते भएका छन् ।तेल अभिभलाई निशाना बनाएर गरिएको आफ्नो सैन्य कारबाहीबारे थप जानकारी दिने इरान समर्थित हुथी विद्रोहीहरूले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिणी लेबनानमा इजरायली सेनाले हिजबुल्लाह कमान्डर मारेको पुष्टि गरेपछि यो हमला भएको हो । गत वर्ष अक्टोबरमा इजरायलले गाजामा हमासविरुद्ध कारबाही सुरु गरेपछि हिजबुल्लाह र इजरायली सेनाबिच गोली हानाहान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस