सिमलताल पहिरोमा परेर निधन भएका विकका परिवारलाई दुई लाख सहयोग

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १० : ३९
सिमलताल पहिरोमा परेर निधन भएका विकका परिवारलाई दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरिन् । 

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस