काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनवटा सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ लिएको’ बारेमा आलोचना भएको छ । बुधबार आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बुधबार मन्त्रालयमा पुगेका थिए ।
सुरक्षा प्रमुखहरू बाहिरिएपछि मन्त्रीको फेसबुक पेजमा यस्तो सन्देश पोस्ट भयो–‘सिंहदरबार स्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।
गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय र प्रधानमन्त्री कार्यालय मातहत परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग ‘ब्रिफिङ’ लिएको भनेर सहरी विकासमन्त्रीले ‘स्टन्ट’ गरेको भन्दै आलोचना भएको हो ।
सिंहदरबार गएका एक जना सुरक्षा प्रमुखले भने आफूहरूले बधाई दिएर फर्किएको दाबी गरे । तर, मन्त्रीको सचिवालयले सुरक्षा ब्रिफिङ लिएको भनेर पोस्ट गर्दा आलोचना भएको ती सुरक्षा प्रमुखको भनाइ छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘उपप्रधानमन्त्री सिंहको सुरक्षा निकाय चलाउने रहर’ भनेर आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह