काठमाडौं । प्री ओपन सेसनमा आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले बढेको नेप्से परिसूचक आज यो सेसनमा १३.०८ अंकले बढेर २३२३.६७ विन्दुमा पुगेर बन्द भएको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.३० अंकले बढेको छ। प्री ओपन सेसनमा ८५ स्टकको २७ हजार ७६ कित्ता सेयर ७३ लाख ५९ हजार ९७७ रुपैयाँमा खरिदबिक्री भएको छ।
जसमध्ये ६८ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७ सय नाघेर झर्यो
सेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार
सेयर बजार २६१७ अंकमा झर्यो
१८ अंकले घट्यो सेयर बजार, सातामा ११८ अंकको गिरावट
सेयर बजार घट्यो, कारोबार ५४ प्रतिशतले बढ्यो
नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो