नवनियुक्त गृहमन्त्री रमेश लेखकले गरे पदभार ग्रहण

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १५ : १९
नवनियुक्त गृहमन्त्री रमेश लेखकले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री लेखकले पदभार ग्रहण गरेका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसले लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । सभापति देउवाको विश्वास पात्र लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका मिलेको छ । काँग्रेसबाट सुदूरपश्चिममा देउवापछि गृहमन्त्री बन्ने लेखक पहिलो व्यक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस