काठमाडौं । अभिनेता अनमोल केसी तथा अभिनेत्री आना शर्मा अभिनित व्यवसायक रुपमा सफल भएको नेपाली फिल्म ‘जेरी’ का निर्माता मनोज शेरचनले एउटा प्रेस विज्ञप्तीमार्फत सिक्वेल फिल्म ‘जेरी–२’ बनाउने घोषण गर्नुका साथै आफ्नो फिल्मको नामसंग मिल्दोजुल्दो नाम ‘जेरी अन टप’ प्रति आपत्ति जनाएका छन् ।
निर्माता शेरचनले आफ्नो फिल्मको शीर्षकसंग हुबहू मिल्ने शीर्षक राखेकोमा आपत्तिमात्र जनाएका छैनन्, चलचित्र निर्माता संघ तथा चलचित्र विकास बोर्डसमक्ष आफूलाई परेको मर्काका सम्बन्धमा निवेदनसमेत दर्ता गरेका छन् ।
निर्माता शेचरनले २०७१ सालमा रिलिज भएको आफ्नो फिल्म ‘जेरी’ को सिक्वेल छिट्टै निर्माण गर्ने बताएका छन् । निर्माता शेचरनले ‘जेरी अन टप’ संग आफ्नो तथा आफ्नो फिल्मको समेत कुनै कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनमोलको ‘जेरी अन टप’ मा सुरक्षाको इन्ट्री
अनमोलको ‘जेरी अन टप’ मा आँचलको इन्ट्री