काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायाङ्कन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ ।
फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका हुन् । उनले नाम उल्लेख नगरेपनि आँचलको तस्बीरसहितको स्ट्याटसबाट यो जानकारी दिएका छन् ।
आँचलका आगामी दिनमा पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म आउँदै छन् । सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो सिरिजको रुपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अस्ट्रेलियामा छायाङ्कन गरिने बताइएको छ । फिल्मलाई आउँदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनमोलको ‘जेरी अन टप’ मा सुरक्षाको इन्ट्री
निर्माता शेरचन र गौचनद्वारा ‘जेरीः अन टप’ नामप्रति आपत्ति