नेप्सेमा उछाल, ७ अर्ब बढीको कारोबार

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १५ : ३३
नेप्सेमा उछाल, ७ अर्ब बढीको कारोबार

काठमाडौं  । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ । आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ विन्दु कायम रहयो । नेप्सेको उक्त विन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो ।

नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो ।आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । एकै दिन जीवन बीमा समूह २२०.८५ अंकले बढेर १०९४८.५९ विन्दुमा पुगेको छ । आज २०१ वटा कम्पनीको शेयर मूल्य बढ्दा निर्जीवन बीमा समूह पनि १४०.४८ अंकले बढेर ११२८२.७० विन्दुमा पुगेको छ ।आइतबार ३६ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा कम म्युचअल फण्डको शेयर मूल्य बढेको छ । म्युचअल फण्ड समूह ०.३४ अंकले बढेर २०.०८ विन्दुमा पुगेको छ ।

आज ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस