चितवन। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० किलोको म्याग्नेटले खोज्दैछ त्रिशूलीमा हराएका दुई बस
सिमलताल पहिरो: बेपत्ता बस र यात्रुको खोजी जारी, केदाबारीमा शंकास्पद वस्तु देखियो
सिमलताल पहिरो : भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो
सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो
सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा