काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेर कारोबार रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार १ लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २३ सय रुपैयाँले बढेको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७० रुपैयाँ थियो । जुन, यो साता चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
सुनको मूल्य कात्तिक १५ को रेकर्डसँग बराबरी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री भेटियो
तोलामा ७०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
सातामा सुनको मूल्य : २ हजार १०० रुपैयाँ बढ्यो
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ