नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १५ : ४४
नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो ।

बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ ।

१३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ ।

यता माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक भने बिहीबार क्रमशः ०.५३ प्रतिशतले र ०.३९ प्रतिशतले घट्न पुगेका छन् । बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस