बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १३ : ४५
बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु

बुटवल। रुपन्देहीमा गत साता यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का आमा–छोराको मृत्यु भएको छ ।गम्भीर घाइते आमा–छोरा रुपा खत्री र प्रिन्सको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बुधवार जनाएको छ ।

रुपा र उनका छोरा प्रिन्सलाई लु२ख ६८८८ नम्बरको माइक्रो बसले असार २१ गते जानकीनगरमा ठक्कर दिएको थियो ।तिलोत्तमा नगरपालिका वडा नम्बर ३ जानकीनगरस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा बाटो पार गर्दै गरेका उनीहरूलाई बसले ठक्कर दिएको हो ।

३० वर्षीया रुपा र ३ वर्षीय छोरा प्रिन्स तिलोत्तमामा डेरा गरी बस्दै आएका थिए । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस