पहिरोले कान्ति लोकपथ अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १२ : ४३
पहिरोले कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस