अविरल वर्षा र बाढीले कैलालीको जनजीवन कष्टकर, दर्जनौँ बस्ती डुबानमा

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १० : ३५
अविरल वर्षा र बाढीले कैलालीको जनजीवन कष्टकर, दर्जनौँ बस्ती डुबानमा

कैलाली । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्।

पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। स्थानीय कृष्ण धमलाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् ।

नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन्।

बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ। वडा नम्बर ८ का सबै घर डुबानमा परेका छन्। बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ ।

चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस