हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो।
पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय निल गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौंडाले जनाएको छ।
गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र निल गएको भनी झुटो जानकारी दिएको पाइएको छ।
बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले स्पष्टीकरण दिँदै भने, “कालिका माविमा गत वर्ष असफल भएका एक पूरक परीक्षार्थी यस पटक उत्तीर्ण भए पनि नियमिततर्फ भने एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको हो।” उनका अनुसार, कालिका माविका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको जानकारी गराए पनि विवरण तयार पार्नेले नबुझ्दा एकजना उत्तीर्ण भएको भन्ने भ्रम सिर्जना भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै