बानेश्वरमा एमाले संसदीय दलको बैठक

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८१, ११ : १४
बानेश्वरमा एमाले संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा बसेको छ ।सत्ता समीकरण फेरबदलपछि एमालेले आइतबार  संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस