दाङमा बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १० : ३७
दाङमा  बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

बुटवल । दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका १७ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्लाकाे राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव आइतबार बिहान फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस