काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिएकी हुन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने सचेतक डाँगीको भनाई छ । भोली बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकभन्दा अगाडि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८१, १६ : २५
लेखकबाट थप