बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्यो ?

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, ११ : १९
बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्यो ?

काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ ।

लेबर पार्टीले ४१२ सिट जितेको छ भने कन्जरभेटिभले १२१ सिट मात्र जितेको छ । २०१९ को निर्वाचनमा भन्दा यस पटक कन्जरभेटिभले २४८ सिट गुमाएको छ । चुनावको नतिजा आएसँगै ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् भने लेबर पार्टीका नेता कियर स्टारमर प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

कन्जरभेटिभको यो हारपछि अब हारका कारण बारे विश्लेषण हुन थालेको छ । कन्जरभेटिभ पार्टीको प्रमुख कारण पार्टीभित्रको कलह नै रहेको बताइएको छ । चुनावअघि नै सरकारमा राजीनामाको लहर चलेको थियो । चुनाव अघि ३ मन्त्री र ७८ सांसदले राजीनामा दिएर चुनाव लड्न अस्वीकार गरेका थिए । लगातार १४ वर्ष सत्तामा बसेको कन्जरभेटिभ पार्टीको अवस्था यस्तो कसरी भयो ? सुनकले आफ्नो कार्यकालमा पार्टीले यस्तो लज्जास्पद हार बेहोर्नुपर्‍यो ?

पहिलो कारण- सुनकको विलासी जीवन

जुलाई २०२३ मा, सुनक स्कटल्याण्डको भ्रमणबाट फर्किएपछि बीबीसी रेडियोलाई अन्तर्वार्ता दिइरहेका थिए । त्यसपछि प्रस्तोताले उनलाई प्रश्न सोधे- तपाई सधैँ जलवायु परिवर्तन रोक्नको कुरा गर्नुहुन्छ । अर्कोतर्फ, निजी जेटहरू पनि देश भित्र यात्रा गर्न प्रयोग गरिन्छ । यसले पनि कार्बन उत्सर्जनमा असर गर्छ ।

यो प्रश्नमा सुनक रिसाए । उनले भने- म आफ्नो समयको सदुपयोग गर्न चाहन्छु । यस विषयमा प्रश्न उठाउनुको सट्टा यसको समाधानको कुरा गर्नु राम्रो हुन्छ । 

सुनकको महँगो जीवनशैलीमाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन । अर्थमन्त्री हुँदा पनि महँगो जीवनशैलीका कारण उनको आलोचना हुने गरेको छ । २०२० मा, उनी २० हजार रुपैयाँको कफी मगको साथ देखिएका थिए । 

सुनकले २०२२ मा एक साताभित्र निजी जेट यात्रामा सरकारी रकम ५ करोडभन्दा बढी खर्च गरेका थिए । जसका कारण प्रतिपक्षले उनले करदाताको पैसा खेर गइरहेको आरोप लगाएका थिए । 

बेलायतका जनताले मुद्रास्फीतिको चपेटामा परेको र ऋषि सुनकले आम जनताको पैसामा विलासी जीवन बिताइरहेको आरोप लगाएको थियो । योसँगै सुनककी पत्नीलाई बेलायतको बिल गेट्स भनिन्छ । ऋषि सुनककी पत्नी अक्षता मूर्ति बेलायतकी सबैभन्दा धनी महिला हुन् । 

सन्डे टाइम्सको रिपोर्ट अनुसार सन् २०२३ मा सुनक र अक्षताको सम्पत्ति १२ सय करोडले बढेको छ । उनको कुल सम्पत्ति बढेर ६८ हजार करोड रुपैयाँ पुगेको छ । सुनक र अक्षता बेलायतका राजाभन्दा धनी छन् । अक्षता मूर्ति आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन् ।

अक्षताको इन्फोसिसमा ०.९१ प्रतिशत सेयर छ । यसको मूल्य करिब ४.५ हजार करोड भारु रहेको छ । लेबर पार्टीले सुनक र उनकी श्रीमतीको सम्पत्ति वृद्धिलाई चुनावमा महत्वपूर्ण मुद्दा बनाएको छ । लेबर पार्टीले पनि अक्षता मूर्तिमाथि कर छलीको आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस