आफ्नै जीवनसँग मिल्ने रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १० : ४५
आफ्नै जीवनसँग मिल्ने रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक

काठमाडौ । गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा कार्यक्रम गरी म्युजिक भिडिओ सार्वजनिक गरिएको हो।

गोविन्द कँडेल ‘आँशु’को शब्द रहेको गीत रामकृष्ण ढकालले गाएका हुन्। गीतमा हरि लम्सालको संगीत गीत मनछुने छ।

गीतको भिडिओ स्वीकृति सापकोटाले निर्देशन गरेकी हुन्।भिडिओमा गायक ढकालसहित ५ वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडिओमा ढकाल एकल पिता र आर्या छोरीको भूमिकामा छन्।

बाबा र छोरीको उक्त कथाले दर्शकको मन छुन्छ।कार्यक्रममा ढकालले उक्त म्युजिक भिडिओको कथा आफ्नै जीवनसँग नजिक रहेको तथा धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए। 

विशेष अतिथिका रूपमा उपस्थित नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडिओको सफलताको शुभकामना दिँदै नेपाली गीत-संगीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। 

 

प्रतिक्रिया दिनुहोस