५० वटा युक्रनी ड्रोन नष्ट : रुस

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १३ : ४०
५० वटा युक्रनी ड्रोन नष्ट : रुस

मस्को । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी  ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।  शुक्रबार मस्कोस्थित रक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा  १० वटा युएभी नष्ट गरेको  टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गररेको छैन ।

प्रतिक्रिया दिनुहोस