रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुराः एमबाप्पे

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १२ : ०९
रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुराः एमबाप्पे

काठमाडौं। फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

फ्रान्सले शुक्रबार युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा रोनाल्डोको टिम पोर्चुगलविरुद्ध खेल्ने तालिका छ । २५ वर्षीय एम्बाप्पेले आगामी सिजनका लागि रियाल मड्रिडसँग सम्झौता गरेका थिए । रियाल मड्रिड त्यही क्लब हो, जहाँ रोनाल्डोले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

“रोनाल्डोप्रति सदैव रहेको मेरो प्रशंसा छ । समय बित्दै जाँदा मैले उनलाई बुझ्न र कुरा गर्न पाए । हामी अझै पनि नजिक छौँ,” एमबाप्पेले भने, “रोनाल्डो सधैँ मलाई सल्लाह दिन चाहन्छन् ।

फुटबलमा उनले जे–जति गरेका छन्, त्यसआधारमा रोनाल्डोसँग खेल्न पाउनु सम्मानको कुरा हो ।”फ्रान्स र पोर्चुगलबीचको खेल जर्मनीको हमबर्गमा आज राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस