काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक मध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसको साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै