टी-२० विश्वकप : दक्षिण अफ्रिकालाई इतिहास रच्ने अवसर, उपाधि थप्ने भारतको दाउ

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १२ : ३४
टी-२० विश्वकप : दक्षिण अफ्रिकालाई इतिहास रच्ने अवसर, उपाधि थप्ने भारतको दाउ

काठमाडौं। आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार)भारत र दक्षिण अफ्रिका भिड्दै छन् । दुई देशबीचको फाइनल भिडन्त आज राति सवा ८ बजे शुरू हुनेछ । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत तेस्रोपटक उपाधि भिडन्त गर्न लागेको हो ।

दक्षिण अफ्रिकाले अफगानिस्तान र भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।भारतले सन् २०१३ पछि आइसीसी ट्रफी जित्न सकेको छैन । सन् २००७ मा भारतले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको थियो । 

दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको थिएन । टेस्ट, एक दिवसीय र ट्वान्टी ट्वान्टीको विश्वकपमा दक्षिण अफ्रिका उपाधि नजिक पुगेको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस