पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १० : ००
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो।

दैलेख-कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन्।

राजमार्ग अवरुद्ध भएकोबारे बिहान सवा ६ बजे प्रहरीलाई खबर भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल न्यौपानेले जानकारी दिए।

दहीखोला र कालेखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको डिएसपी पोखरेलले जानकारी दिए।

दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ।  

प्रतिक्रिया दिनुहोस