काठमाडौँ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये केवल एक सय ८६ जनाले मात्र ४ जीपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै