आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, ११ : ४९
आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत साता मात्रै ३५ अर्ब रुपैयाँ झिकेका थिए ।

केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज १४ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । यसका आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस