यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ०७ : १९
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य गोरै बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०४ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस