काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बिडेनले पहिलो पटक यस मुद्दामा टिप्पणी गरेका छन् ।
उनले हन्टरप्रति गर्व गरेको बताउदै उनी लागुऔषधको बानीबाट मुक्त भइसकेको तथा अहिले धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको बताएका छन् । जी ७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । यसबारे बाइडेनले भने, 'म यस विषयमा स्पष्ट छु कि म यसबारे केही गर्ने छैन । मैले निर्णायकको निर्णय स्वीकार गर्छु । म यसमा खडा छु र म हन्टरलाई माफ गर्ने छैन ।'
हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको छ । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै, बाइडेनले अदालतको सजाय नघटाउने बताएका थिए र उनले फेरि एकपटक सोहि कुरा दोहोर्याएका छन् ।
अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन