यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, ०७ : १६
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा  थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस