काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ ।
दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्सालको मृत्यु प्रकरणमा छानबिनका लागि कूटनीतिक पहल थाल्नू
राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?
सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान