काठमाडौ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो सवा १ बजे बैठक बस्ने संसद् सचिवालले जनाएको छ।
बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।
त्यसैगरी सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराई टेबुल गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग
राष्ट्रिय सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने
विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
दलितले अधिकार संविधानमा पाए, व्यवहारमा पाएनन् : सांसद परियार
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस
राष्ट्रिय सभा बैठक बस्दै