जेठ ३१ देखि मेलम्चीको पानी काठमाडौँमा नआउने

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, ०८ : २६
जेठ ३१ देखि मेलम्चीको पानी काठमाडौँमा नआउने

काठमाडौँ । काठमाडौँका धारामा जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण नहुने भएको छ । 

जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने भएको हो । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो
हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिए । उनले आफूहरू खोलाको पानीको ‘क्लोज

मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठुलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने पनि जनाए ।