काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।
मन्त्रालयहरुबाट प्राप्त वार्षिक विकास कार्यक्रमसम्बन्धी पुस्तक सांसदहरूलाई अध्ययन गर्न समय उपलब्ध गराउनु परेकाले आइतवारका लागि निर्धारित बैठक स्थगन गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकसँग आइतवार बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरुलाई अध्ययन गर्न समय दिनुपर्ने भएकाले प्रतिनिधिसभाको आइतवार तय गरिएको बैठक स्थगन गर्ने निर्णय गरेको हो।
बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची थियो । संसद् सचिवालयले आजका लागि विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ
सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची