आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, ०६ : ५९
आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ  । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा  बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भोलि भने  कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस