सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, ११ : ०८
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले अघिल्ले दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो । 

आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस