पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।
गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उपाध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जीआइइएस)मा आवद्ध छन् । उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री लामाद्वारा नीति आयोगका अध्यक्ष नेपालसँग करार सम्झौता