काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कमलरी प्रथा अझै नहटेको बताएका छन् । उनले अझै पनि देश मुठ्ठीभरलाई मात्रै स्वर्ग रहेको बताएका .छन् ।
केही समययता महानगरको पहलमा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएका बालबालिकाहरूको कथा सेयर गर्दै उनले अझै पनि देशमा कमलरी प्रथा नहटेको बताएका हुन् ।
‘गणतन्त्र दिवस धेरै पल्ट आइसक्यो । तर, वास्तविक गणतन्त्र आउन बाँकी छ । पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कु-प्रवृत्ति र सोचविरुद्ध काम गर्न सकेको छैन’, उनले भनेका छन्, ‘आमनागरिकसम्म गणतन्त्रको मिठास पुग्न सकेको छैन । नत्र मुठ्ठीभरलाई त यो देश सधैँ स्वर्ग नै थियो । अझ सबै भन्दा दुःखद त, यही व्यवस्थाका लागि नीति नियम बनाउने ठाउँमासमेत यसको मर्मविपरीत काम गर्नेहरू पुगेका छन् ।’
उनले पछिल्लो समय महानगरले थालेका बालश्रमिक उद्धार अभियानबारे चर्चा गर्दै सांसदकै घरमा पनि श्रमशोषण भएको दाबी गरेका छन् ।‘हामीले बालुवाटार छेउबाट एक १४ वर्षे बालिकालाई उद्धार गर्यौँ । उनलाई लट्ठी र पाइपले कुटपिट हुने गरेको उजुरी परेको थियो’, साहले भनेका छन्, ‘उनको अवस्था नाजुक थियो । दुःखको कुरा, उनी जसको घरमा बालश्रमिक भएर दुर्व्यवहार भोगिरहेकी थिइन्, त्यो सांसदको थियो ।’
तर साहले कुन दलका सांसद हुन् भन्ने खुलाएका छैनन् । तर उनले बालुवाटार आसपास घर भएका सांसदको घरबाट बालिकाको उद्धार गरिएको विवरण दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन नेतृत्वको महानगर– लिजाको मूल्याङ्कनमा हालसम्मकै उच्च अंक
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन : बालेन
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
फेसबुकले फिर्ता गर्यो मेयर बालेनको पोस्ट
ओलीलाई बालेनको प्रश्न-नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?
सडक भासिएपछि बालेनको प्रतिक्रियाः ‘खोलामाथि घर र बाटो बनाउने होइन’