एजेन्सी । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ) मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।
शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतक पहिचान गर्न सकिने खालका छैनन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।
प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ जेठ २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…