काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार उनको सुसाइड नोट पनि फेला परेको छ । सुसाई आफुखुशी आत्महत्या गरेको उल्लेख गरेको बताइएको छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ ।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रुपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १६ : ३५
लेखकबाट थप