कैलालीमा प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १२ : १२
कैलालीमा प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको जानकारी दिए । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।

चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस