गोरखा । गोरखाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई किशोरको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर स्थाय १६ वर्षाीय मेष तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी शुक्रबारै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा अर्का किशोरको पनि मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, ०७ : ०४
लेखकबाट थप