काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको थियो भने त्यसलगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको थियो ।
क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । केही दिन भित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउने उनको भनाइ छ ।
नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । रोहितकुमार पौडलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरु खेलिरहेको छ ।
१० जना रिजर्भ खेलाडी समेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जनालाई बाहिर राख्नुपर्ने हुन्छ । यसका लागि आवश्यक पहल थालिसकेको चन्दको भनाइ छ ।
समर्थकहरुले आफूहरु विश्वकपमा सन्दीपलाई हेर्न चाहेको बताउँदै आएका छन् भने त्यसकै कारण पनि क्यान दबाबमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने