छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १२ : २७
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्कास्थित सडकमा बा.प्र.०२-०२८ प ४४६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ९ वर्षीय युवराज बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ पर्ती टोलस्थित सडक छेउमा पनि रोकी राखेको ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश २-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-९ बेला बस्ने  २८ वर्षीय संजित साहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी दाङको घोराही उपमहानगरपालिका-१३ हेलो टावरस्थित सडकमा रा.५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक रोल्पा रून्टीगढी गाउँपालिका-५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्तीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस